Tansen Municipality    

Notice Board Discussion Forum Comments & Suggestions Available Forms
<<Back
 स्थानिय स्वायत्त शासन ऐन २०५५

  Home

  English Version

परिच्छेद - १

नगर क्षेत्र, वडा विभाजन र वडा समिति

  • नगर क्षेत्र र केन्द्र तोक्ने

    १) श्री ५ को सरकारले नेपाल अधिराज्यभित्रको कम्तीमा बीसहजार जनसंख्या भएको र बिजुली, सडक, खानेपानी र सन्चार व्यवस्था भएको कुनै क्षेत्रलाई चारकिल्ला खोली नगर क्षेत्र तोक्न सक्नेछ ।

    २) उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि श्री ५को सरकारले पहाडी र हिमाली क्षेत्रको कम्तीमा दशहजार जनसंख्या भएको र बिजुली, यातायात, खानेपानी र सन्चारको व्यवस्था भएको कुनै क्षेत्रलाई चारकिल्ला खोली नगर क्षेत्र तोक्न सक्नेछ।

    ३) श्री ५ को सरकारको नगर परिषद्को परामर्शमा उपदफा -१) र -२) बमोजिम तोकिएको नगर क्षेत्रभित्रको पायक

    पर्ने स्थानलाई सो क्षेत्रलाई केन्द्र तोक्न सक्नेछ।

    ४) उपदफा ३ बमोजिम तोकिएको नगर क्षेत्रको केन्द्रमा नगर स्तरीय सबै कार्यालयहरु रहने छन्।

     

  • वडा विभाजन

    दफा ७२ बमोजिम तोकिएको नगर क्षेत्रलाई श्री ५को सरकारले भौगोलिक अवस्थालाई समेत ध्यान दिई यथासम्भव बराबर जनसंख्या पर्ने गरी कम्तीमा नौ वडामा विभाजन गर्नेछ।

 

  • सिमाना हेरफेर

    १ दफा ७२ बमोजिम तोकिएको कुनै नगर क्षेत्र वा दफा ७३ बमोजिम विभाजन गरिएको कुनै वडाको सिमाना हेरफेर गर्न आश्यक परेमा श्री ५ को सरकारले सम्बन्धित विशेषज्ञ समेत रहेको समिति गठन गरी सो समितिको सिफारिसमा निर्वाचन आयोगको स्वीकृति लिई प्रतिनिधि सभाको सदस्यको निर्वाचनको लागि कायम भएको निवार्चन क्षेत्रलाई असर नपर्ने गरी त्यस्तो नगर क्षेत्र वा वडाको सिमाना हेरफेर गर्नेछ।

    तर यसरी सिमाना हेरफेर गर्दा निर्वाचन हुने सालभन्दा एक वर्षअगावै गरिसक्नु पर्नेछ।

    २ कुनै नगर क्षेत्रको सिमाना हेरफेर हुन आवश्यक छ भनी सम्बन्धित नगर परिषद्को दुइ तिहाई बहुमतबाट प्रस्ताव पारित भै सम्बन्धित जिल्ला परिषद् सिफारिस गरेमा उपदफा १ को अधीनमा रही श्री ५ को सरकारले सिमाना हेरफेर गर्न सक्नेछ।

     

  • वडा समितिको गठन

    नगरपालिकाको प्रत्येक वडाका प्रचलित कानून बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरुले दफा ७८ बमोजिम नगर परिषद्को सदस्यको लागि चाहिने योग्यता पुगेका व्यत्तिहरु मध्येबाट निवार्चित गरेका देहाय बमोजिमको वडाध्यक्ष र वडा सदस्यहरु रहने गरी एक वडा समिति हुनेछ -

    क) एकजना वडाध्यक्ष,

    ख) एकजना महिला वडा सदस्य, र

    ग) तीनजना वडा सदस्यहरु।

     

परिच्छेद - २

नगर परिषद् सम्बन्धी व्यवस्था

  • नगर परिषद्को गठन

    १) दफा ७२ बमोजिम तोकिएको नगर क्षेत्रमा एक नगर परिषद् गठन गरिनेछ।

    २) नगर परिषद्मा देहाय बमोजिमका सदस्यहरु रहने छन् -

    क) नगरपालिकाका प्रमुख र उपप्रमुख,

    ख) प्रत्येक वडा समितिका वडाध्यक्ष, महिला वडा सदस्य र वडा सदस्यहरु,

    ग) नगरपालिका क्षेत्रभित्रका महिला सहित समाज सेवी, आर्थिक तथा सामाजिक दृष्टिकोणले पिछिडिएका जाति, जनजाति, दलित तथा आदिवासी मध्ये नगर परिषद्मा प्रतिनिधित्व हुन नसकेका वर्गका दफा ७८ बमोजिम नगर परिषद्को सदस्यको लागि चाहिने योग्यता पुगेका व्यक्तिहरुमध्येबाट नगर परिषद्द्धारा मनोनित कम्तीमा ६ जना र बढीमा बीसजना व्यक्तिहरु।

     

  • नगर परिषद्को सदस्यको पदावधि

    १) नगर परिषद्को सदस्यको पदावधि पाँच वर्षो हुनेछ।

    २) नगर परिषद्का सदस्यको पदावधि गणना गर्दा पदावधि शुरु हुने सालको श्रावण १ गतेदेखि गणना गरिनेछ र पाँच वर्षो पदावधि नबर्ढाई प्रत्येक पाँचौ वर्षो आषाढ मसान्तमा पदावधि समाप्त भएको मानिनेछ।

    ३) उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम नगर परिषद्को सदस्यको पदावधि समाप्त हुनु अगावै नगर परिषद्को नयाँ सदस्यको लागि निर्वाचन सम्पन्न भएमा नगर परिषद्को नव निर्वाचित सदस्यहरुलाई नै कार्य संचालन गर्ने अधिकार हुनेछ।

    ४) कुनै कारणवश निर्धारित समयमा कुनै नगरपालिका वा वडा समितिको सदस्य पदको निर्वाचन वा नगरपरिषद.को सदस्यको मनोनयन हुन नसकी अरु समयमा भएपनि त्यस्तो सदस्यको पदावधि गणना गर्दा निर्धारित समयमा निर्वाचित वा मनोनीत भए सरह मानी पदावधिको गणना गरिनेछ ।

    ५) कुनै नगर परिषद सदस्यको पद कुनै कारणवश रिक्त हुन आएमा बाँकी अवधिको लागि मात्र सो रिक्त पदको पर्ति निर्वाचित सदस्य पदको लागि प्रचलित कानून बमोजिम उपनिर्वाचनद्धारा र मनोनित सदस्य पदको लागि मनोनयद्धारा गरिनेछ।

    तर -

    १) पद रिक्त भएको मितिले एक वर्षभत्र उपनिर्वाचन वा मनोनयन गरिसक्नु पर्नेछ।

    २) एम वर्षन्दा कम अवधिको लागि उपनिर्वाचन वा मनोनयन गरिने छैन।

     

  • नगर परिषद्को सदस्यको लागि चाहिने योग्यता

    नगर परिषद्को सदस्य हुनको लागि देहाय बमोजिम योग्यता पुगेको हुनु पर्नेछ-

    क) नेपाली नागरिक भएको,

    ख) एक्काईस वर्षउमेर पूरा भएको र प्रचलित कानून बमोजिम मतदाता हुन योग्यता पुगको,

    ग) नगरपालिकालाई बुझाउनु पर्ने सबै जिन्सी वा नगदी बुझाई सकेको,

    घ) नगरपालिकासँग ठेक्का पट्टा वा चल, अचल सम्पत्ति सम्बन्धी व्यवहारमा कुनै निजी स्वार्थ नभएको,

    ङ) र्सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको,

    तर असुली भएको प्रमाण पेश गरेमा यो खण्ड लागू हुने छैन।

    च) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको भए त्यस्ता सजाय भुक्तान गरेको तीन वर्षव्यतीत भएको,

    छ) कुनै कानूनले आयोग्य नभएको।

     
  • नगर परिषद्को सदस्यता कायम नरहने

    देहायको अवस्था नगर परिषद्को सदस्यता कायम रहने छैन -

    क) दफा ७८ बमोजिमको योग्यता नभएमा,

    ख) आफू बसोबास गरिआएको वडा वा सोको भाग सम्बन्धित नगर क्षेत्रबाट झिकिएमा वा अन्य कुनै गाउँ विकास क्षेत्र वा नगरपालिकामा गाभिएमा,

    ग) जिल्ला विकास समितिको सभापति, उपसभापति वा सदस्यको पद्मा निर्वाचित भएमा वा जिल्ला परिषद्को सदस्यता मनोनीत भएमा,

    घ) प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्यको निर्वाचनमा उम्मेदवार भएमा वा राष्ट्रिय सभाको सदस्यमा मनोनीत भएमा,

    ङ) मनासिव माफिकको सूचना नदिई लगातार तीनपटक सम्म नगर परिषद्को बैठकमा अनुपस्थित रहेमा,

    तर त्यस्तो सदस्यलाई सफाई पेश गर्ने मनासिव मौमा नदिई निजको सदस्यता कायम नरहेको सूचना दिइने छैन।

    च) दफा ७७ बमोजिमको पदावधि समाप्त भएमा,

    छ) प्रचलित कानून बमोजिम भ्रष्टाचारको अभियोग वा नैतिक पतन देखिने फौजदारी अभियोग वा तीन वर्षन्दा बढी कैद सजाय हुने फौजदारी अभियोगमा सजाय पाएमा,

    ज) राजिनामा दिएमा,

    झ) मृत्यु भएमा।

     

 

परिच्छेद-३

नगरपालिकाको गठन

८०. नगरपालिकाको गठन

१. दफा ७२ बमोजिम तोकिएको नगर क्षेत्रमा नगर परिषदको कार्यकारिणीको रुपमा एक नगरपालिका गठन गरिनेछ ।

२. नगरपालिकामा देहाय बमोजिमका प्रमुख, उपप्रमुख र सदस्यहरु रहने छन्

क. नगर क्षेत्रभित्रका प्रचलित कानून बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरुले निर्वाचन गरी पठाएका एक जना प्रमुख र एक जना उपप्रमुख,

ख. नगर क्षेत्रको प्रत्येक वडाका प्रचलित कानून बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरुले आ-आफ्नो वडाबाट एक एकजनाका दरले निर्वाचन गरी पठाएका वडाध्यक्षहरु,

ग. दफा ७६ को उपदफा २ को खण्ड ग बमोजिमका नगर पषिद्का सदस्यहरु मध्येबाट एक जना महिला सहित नगरपालिकाद्वारा मनोनित दइ जना सदस्यहरु ।

  

८१. नगरपालिका स्वशासित र संगठित संस्था हुने ः

१. प्रत्येक नगरपालिका एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।

२. नगरपालिकाको आफ्नो एउटा छुट्टै छाप हुने छ ।

३. नगरपालिकाले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न र बेचविखन गर्न सक्ने छ ।

४. नगरपालिकाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्ने छ ।

८२. सदस्यको पदावधि ः

१. नगरपालिकाको सदस्यले पदावधि पाच वर्षो हुनेछ ।

२. नगरपालिकाको सदस्यको पदावधि गणना गर्दा पदावधि शुरु हुने सालको श्रावण १ गतेदेखि गणना गरिनेछ र पांच वर्षो पदावधि नबर्ढाई प्रत्येक पाच वर्षो आषाढ मसान्तमा पदावधि समाप्त भएको मानिने छ ।

३. उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम सदस्यको पदावधि समाप्त हुनु अगावै नया सदस्यहरुको लागि निर्वाचन सम्पन्न भएमा साविकको सदस्यको पदावधि समाप्त भएको मानिने छ र नवनिर्वाचित सदस्यलाई नै कार्य संचालन गर्ने अधिकार हुनेछ ।

४. कुनै कारणवस निर्धारित समयमा कुनै नगरपालिकाको सदस्य पदको निर्वाचन वा मनोनय समप्न्न हुन नसकी अरु समयमा सम्पन्न भएपनि निर्वाचित र मनोनीत सदस्यको पदावधि गणना गर्दा निर्धारित समयमा निर्वाचित वा मनोनित भए सरह मानी पदावधिको गणना गरिने छ ।

५. कुनै नगरपालिका सदस्यको पद कुनै कारणवस रिक्त हुन आएमा बाकी अवधिको लागि मात्र सो रिक्त पदको परिपुर्ति निर्वाचित सदस्य पदको लागि प्रचलित कानून बमोजिम उपनिर्वाचनद्वारा र मनोनित सदस्य पदको लागि मनोनयनद्वारा गरिनेछ ।

१. पद रिक्त भएमो मितिले एक वर्षभत्र उपनिर्वाचन वा मनोनयन गरिसक्नु पर्ने छ।

 

८३. शपथ ग्रहण गर्नुपर्ने

१. प्रमुखले जिल्ला न्यायाधिश समक्ष, उपप्रमुख र सदस्यहरुले प्रमुख समक्ष र प्रमुखको अनुपस्थितिमा उपप्रमुखले जिल्ला न्यायाधिश समक्ष र सदस्यहरुले उपप्रमुख समक्ष शपथ ग्रहण गर्नु पर्नेछ ।

२. उपदफा १ मा उललेख भएदेखि बाहेक नगर परिषदका अन्य सदस्यहरुले प्रमुख समक्ष र प्रमुखको अनुपीसथतिमा उपप्रमुख समक्ष ग्रहण गर्नु पर्ने छ ।

३. उपदफा १ वा २ बमोजिम शपथ ग्रहण नगरी नगर परिषद्का अन्य सदस्यहरुले पद ग्रहण गर्ने छैनन् ।

 

८४. पद त्याग गर्न सक्ने 

१. प्रमुखले उपप्रमुख मार्फ नगरपालिका समक्ष र उपप्रमुख तथा सदस्यहरुले प्रमुख समक्ष राजिनामा दिई पदत्याग गर्न सक्ने छन्

२. उपदफा १ मा उल्लेख भएदेखि बाहेक नगर परिषदका अन्य सदस्यहरुले प्रमुख समक्ष राजिनामा दिई पदत्याग गर्न सक्ने छन् 

      

८५. सदस्यको लागि चाहिने योग्यता ः

१. नगरपालिका सदस्यमा निर्वाचित वा मनोनित हुन देहाय बमोजिम हुनु पर्नेछ ः

क. नेपाली नागरिक भएको,

ख. एक्काईस वर्षउमेर पुरा भएको र प्रचलित कानून बमोजिम मतदाता हुन योग्यता पुगेको,

ग. नगरपालिकालाई बुझाउनु पर्ने सबै जिन्सी वा नगदी बुझाई सकेको,

घ. नगरपालिकासंग ठेक्का पट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा कुनै निजी स्वार्थ नभएको,

ङ. र्सार्वजनिक सम्पत्ति हिनामिना गरेेको नठहरेको,

तर असुली भएको प्रमाण पेश गरेमा यो खण्ड लागू हुने छैन ।

च. नैतिक पतन देखिने फौजनदारी अभियोगमा सजाय पाएको भए त्यस्तो सजाय भुक्तान गरेको तीन वर्षव्यतित भएको,

छ. अन्य प्रचलित कानूनले अयोग्यत नभएको ।

 

८६. सदस्यता कायम नरहने ः

१. देहायको अवस्थामा नगरपालिकाको सदस्यता कायम रहने छैन ः

क. दफा ८५ बमोजिमको योग्यता नभएमा,

ख. आफू बसोबास गरि आएको वडा वा सोकोे भाग सम्बन्धित नगर क्षेत्रबाट झिकिएमा वा अन्य कुनै गाउविकास क्षेत्र वा नगर क्षेत्रमा गाभिएमा,

ग. जिल्ला विकास समितिका सभापति, उपसभापति वा सदस्यको पदमा निर्वाचित भएमा वा जिलला परिषदको सदस्यमा मनोनित भएमा,

घ. प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्यको निर्वाचनमा उम्मेदवार भएमा वा राष्ट्रिय सभाको सदस्या मनोनित भएमा,

ङ. मनासिव माफिकको सूचना नदिई लगातार तीन पटकसम्म नगरपालिको बैठकमा अनुपस्थित भएमा,

तर त्यस्तो सदस्यलाई सफाई पेश गर्ने मनासिव मौका नदिई नजिकको सदस्यता कायम नरहेको सूचना दिइने छैन ।

च. प्रचलित कानून बमोजिम भ्रष्ट्राचारको अभियोग वा नैतिक पतनदेखिने फौजदारी अभियोगमा सजाय पाएमा,

छ. दफा ८२ बमोजिमको पदावधि समाप्त भएमा,

ज. आप्ः्नो पदबाट राजिनामा दिएमा ।

झ. मृत्यु भएमा ।

 

८७. सम्पीत्त विवरण र्सार्वजनिक गर्नु पर्ने ः

१. सदस्यले दफा ८३ बमोजिम शपथ ग्रहण गरेको मितिले तीसदिनभित्र आफू र आप्ः्नो एकाघर संगोलका परिवारको सदस्यलको नाममा रहेको चल अचल सम्पत्तिको विवरण र्सार्वजनिक गर्नु पर्ने छ ।

तर प्रमुख र उपप्रमुखले आफू पदबाट हटेपछि पनि पदबाट हटेको मितिले तीसदिनभित्र त्यस्तो सम्पत्तिको विवरण र्सार्वजनिक गर्नु पर्नेछ ।

८८. नगरपालिकाका वर्गीकरण ः

१. दफा ८० बमोजिम गठित नगरपालिकालाई श्री ५ को सरकारले जनसख्ंया, आयस्रोत र अन्य शहरी सुविधाको आधारमा देहाय बमोजिम वर्गीकरण गर्न सक्ने छन् ।

क. महानगरपािलका

ख. उपमहानगरपालिका,

ग. नगरपालिका ।

२. उपदफा १ बमोजिम वर्गीकृत देहायका नगरपालिका देहाय बमोजिम जनसंख्या तथा शहरी सुविधा हुनु पर्ने छ ः

क. महानगरपालिका ः

कम्तीमा तीन लाख जनसंख्या भएको र न्यूनतम चालीस करोड रुपैया बाषिर्क आयस्रोत भै विद्युत, खानेपानी, संचारको सुविधा भएको, नगरको प्रमुख सडक साथै शाखा सडकहरुको समेत पक्की भएको, स्वास्थ्य सेवा सम्बन्धी विशिष्ट प्रकृतिको सेवा उपलब्ध भएको, अन्तर्रर्ााट्रय खेलकुद कार्यक्रमका लागि आवश्यक पर्ूवाधार भएको, उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसर भएको र कम्तिमा एउटा विश्वविद्यालय स्थापना हुनुका साथै अन्य यस्तै पर्याप्त शहरी सुविधा भएको र उपमहानगरपालिका भै सकेको ।

ख. उपमहानगरपालिका ः

कम्तीमा एक लाख जनसंख्या भएको र न्यूनतम दश करोड रुपैया बाषिर्क आयस्रोत भै विद्युत, खानेपानी, संचारको सुविधा भएको, नगरका प्रमुख सडकहरु समेत पक्की भैसकेको, उच्चस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको सुविधा भएको, राष्ट्रिय तथा अन्तर्रर्ााट्रयस्तरको खेलकुद कार्यक्रमका लागि सामान्य व्यवस्था भएको, र्सार्वजनिक उद्यानहरु र नगर सभागृहको व्यवस्था भएको र अन्य त्यस्तै आवश्यक शहरी सुविधा हुनुको साथै नगरपालिका भै सकेको ।

 

ग. नगरपालिका ः

कम्तीमा बीसहजार जनसंख्या र न्यूनतम पचास लाख रुपैया बाषिर्क आय स्रोत तथा विद्युत, सडक, खानेपानी, संचार अन्य त्यस्तै न्यूनतम शहरी सुविधा भएको अर्ध शहरी क्षेत्र ।

तर पहाडी र हिमाली क्षेत्रमा सडक सुविधा नभए तापनि कम्तिमा दशहजार जनसंख्या र न्यूनतम पाच लाख रुपैया बाषिर्क आयस्रोत भए पुग्नेछ ।

३. उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस अघि कायम भइसकेको नगरपालिकाहरुलाई यस व्यवस्थाले असर पार्ने छैन ।

 

४. कुनै नगरको ऐतिहासिक पुरातात्विक वस्तु र कला संस्कृति संरक्षण गर्न श्री ५ को सरकारले तोकिएको आधारमा सांस्कृतिक नगर समेत घोषणा गर्न सक्ने छ ।

 

 

परिच्छेद ४

बैठक र कार्य प्रणाली

८९. वडा समितिको बैठक

१. वडा समितिको बैठक कम्तीमा महिनाको एक पटक बस्ने छ ।

२. वडाध्यक्षले मिति, समय र स्थान तोकी वडा समितिको बैठक बोलाउनेछ ।

३. वडा समितिको बैठकको अध्यक्षता वडाध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित वडा समितिका सदस्यहरुले आफू मध्येबाट छानेेको सदस्यले वडा समितिको बैठकको अध्यक्षता गर्नेछ ।

४. अध्यक्षता गर्ने व्यक्ति सहित तीनजना सदस्यको बहुमतले बैठकको निर्ण्र्ााबमोजिम हुनेछ ।

५. वडा समितिको बैठक सम्बन्धी अन्य कुरा वडा समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

 

९०. नगर परिषदको बैठक ः

१. नगरपरिषद्को बैठक साधारणतया वर्षो निर्धारण गरे बमोजिम हुनेछ ।

२. नगर परिषदको बैठक नगरपालिकाको प्रमुखले बोलाउने छ ।

३. प्रत्येक वर्षनगर परिषद्को बैठक सामान्यता श्रावण मसान्त र पौष मसान्तभित्र बोलाउनु पर्नेछ ।

४. नगर परिषदको प्रत्येक बैठकमा उपस्थित सदस्यहरुले नगरपालिका सदस्यहरु बाहेक परिषद्का अन्य सदस्यले आफू मध्येबाट छानेको सदस्यले नगर परिषद्को बैठकको अध्यक्षता गर्नेछ ।

तर नगर परिषद्को बैठकमा अध्यक्षको छनौट हुनुभन्दा अघि नगर परिषद्का उपस्थित सदस्यहरु मध्ये उमेरको हिसाबले जेष्ठ सदस्यले सो बैठक अध्यक्षता गर्नेछ ।

५. नगरपालिकाको सचिवले नगर परिषदको सचविको काम गर्नेछ ।

६. नगर परिषद्को बैठक बस्ने मिति, समय र स्थानको सूचना तथा विषय सूची बैठक बस्ने दिनभन्दा कम्तिमा पन्ध्र दिन अगावै नगरपालिकाको प्रमुखको निर्देशनमा सचिवले नगर परिषद्का सबै सदस्यहरुलाई पठाउनु पर्नेछ ।

७. नगर परिषद्को बैठकमा तत्काल कामय रहेको सदस्य संख्या पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

८. गणपुरक संख्याको अभावमा नगर परिषद्को बैठक बस्न नसकेमा सातदिनको सूचना दिई अर्को बैठक बोलाउनु पर्नेछ । सो बैठकको गणपूरक संख्या एक तिहाई हुनेछ । सो गणपूरक संख्या पनि पूरा हुन नसकेमा सोको भोलिपल्ट पुनः अर्को बैठक बोलाउनु पर्नेछ सो बैठकमा जतिसुकै सदस्य उपस्थित भए पनि बैठक संचालन हुनेछ ।

९. नगर परिषद्का एक तिहाई सदस्यहरुले कुने खास विषयमा छलफल गर्न बैठक बोलाई पाउभनी प्रमुख समक्ष लिखित अनुरोध गरेमा त्यसरी गरेको मितिले तीसदिनभित्र नगर परिषद्को विशेष बैठक बोलाउनु पर्नेछ ।

१०. नगर परिषद्को बैठकको निर्ण्र्ाासचिवले प्रमाणित गर्नेछ ।

११. नगर परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

 

९१. नगरपालिकाको बैठक ः

१. नगरपालिकाको बैठक कम्तिमा महिनाको एक पटक बस्नेछ ।

२. प्रमुखको आदेश अनुसार सचिवले नगरपालिकाको बैठक बोलाउनेछ ।

तर तीन महिनासम्म पनि प्रमुखले बैठक बोलाउने आदेश नदिएमा एक तिहाई सदस्यहरुको लिखित अनुरोध सचिवले नगरपालिकाको बैठक बोलाउनेछ ।

३. नगरपालिकाको बैठकको अध्यक्षता प्रमुखले गर्नेछ र निजको अनुपस्थितिमा उपप्रमुखले र उपप्रमुख पनि अनुपस्िथी भएमा बैठकमा उपस्थित सदस्यहरुले आफू मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।

४. नगरपालिकाको बैठकमा तत्काल कायम रहेको सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

५. जिल्ला विकास समितिको सम्बन्धित इलाका सदस्यलाई नगरपालिकाको बैठकमा भाग लिनको लागि आमन्त्रण गर्नु पर्नेछ ।

६. नगरपालिकाको बैठकको निर्णय सचिवले प्रमाणित गर्नेछ ।

७. नगरपलिकाको बैठक सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

 

 

९२. बैठकको निर्णय :

१. यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक नगर परिषदर नगरपालिकाको बैठकको निर्णय उपस्थित सदस्यहरुको बहुमतको आधारमा गरिनेछ ।

तर दफा ९४ को उपदफा १ को खण्ड ख र ग बमोजिम प्रस्ताव सम्बन्धमा निर्णय गर्दा सम्पूर्ण सदस्य संख्याको बहुमतको आवश्यकता हुनेछ ।

२. नगर परिषद् र नगरपालिकाको बैठकमा मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

 

९३. वडा समितिको काम कर्तव्य र अधिकार ः

नगरपालिका अर्न्तर्गतको प्रत्येक वडा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क. वडाभित्रको जनसंख्या घर, जग्गा, पार्टी पौवा, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थान

ख. वडाभित्रको बाटो, सडक, पुल ढल, पोखरी, तलाउ, इनार, कुवा ढुङ्गे धारा, आदिको लगत राख्न तथा संरक्षण गर्न नगरपालिकालाई सहयोग गर्ने ।

ग. वडाभित्रको फोहर मैला, सडेगलेका वस्तुहरु फ्याक्ने तथा चोक र गल्ली सफा राख्ने तथा सरसफाइको निमित्त वडावासीहरुलाई अभिप्रेणित गर्ने प्रबन्ध गर्ने ।

घ. वडाभित्रको नहर, कुलो, पैनी आदिको हेरविचार गर्ने ।

ङ. वडाभित्रको पर्ति जग्गा र डाडा, भीर, पाखा आदिमा वृक्षारोपण गर्न र वातावरण संरक्षणमा सहयोग पुर्‍याउने ।

च. वडामा स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी आदिको व्यवस्थापनमा सहयोग पुर्‍याउने ।

छ. वडामा विद्यालय तथा पुस्तकालयको स्थापना र संचालनमा सहयोग पुर्‍याउने ।

ज. छाडा भई हिंडेका चौपायाहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने ।

झ. वडाभित्रको गल्ली तथा सडकमा विजुली बत्तीको प्रबन्ध गर्ने ।

ञ. वडा समितिको आय र व्ययको हिसाब तथा अन्य कागजातहरु सुरक्षित राख्ने ।

ट. वडाभित्र सुपथ मूल्यमा खाद्यान्न तथा अन्य आवश्यक वस्तुको बिक्रीको लागि नगरपालिकालाई सहयोग पुर्‍याउने ।

ठ. खेलकुद विकासको लागि खेलकुदका सामानहरु वितरण गर्ने भाषा संस्कृतिको विकासको लागि कला, नाटक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्न सहयोग गर्ने ।

ड. वडामा अशक्त बिरामी भएको बेवारिस वा असाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्‍याई औषधोपचार गराउने ।

 

९४. नगर परिषद्को काम, कर्तव्य र अधिकार ः

१. नगर परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क. नगरपालिकाले पेश गरेको बजेट, योजना तथा कार्यक्रमहरु पारित गर्ने ।

ख. नगरपालिकाले प्रस्ताव गरेका कर, दस्तुर शुल्क आदि लगाउने तथा उठाउने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

ग. नगरपालिकाले प्रस्ताव गरेको ऋण लिने वा अचल सम्पत्ति बेचविखन वा हस्तान्तरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

घ. नगरपालिकाको लेखा परीक्षण प्रतिवेदनबाट कायम भएका बेरुजुमाथि छलफल गरी प्रचलित कानून बमोजिम नियमति गर्न नमिल्ने बेरुजुको हकमा बेरुजु फछ्र्यौटको लागि आवश्यक कारबाही गर्न नगरपालिकालाई निर्देशन दिने ।

ङ. नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यहोरिने गरी गरी प्रस्ताव गरेको कर्मचारीको दरवन्दी, पारिश्रमिक, भत्ता तथा अन्य सुविधामा आवश्यकता अनुसार स्वीकृति दिने ।

च. नगरपालिकाको प्रशासनिक कार्यहरुको मूल्याड्ढन गरी नगरपालिकालाई आवश्यक निर्देशन दिने ।

छ. नगरक्षेत्रभित्र संचालित विकास निर्माण कार्यहरुको मूल्याड्ढन गरी आवश्यक निर्देशन दिने ।

ज. नगरपालिकाको विनियम स्वीकृत गर्ने ।

झ. तोकिएको अन्य काम गर्ने ।

२. नगर परिषद्ले नगर परिषद्को कुनै एक सदस्यको अध्यक्षतामा निज सहित बढिमा पाचजना सदस्यहरु रहेको एक लेखा समितिको गठन गर्नेछ । यस्तो समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

३. नगर परिषद्लाई विभिन्न विषयमा आवश्यक सल्लाह र सुझाव दिनको लागि उपदफा २ बमोजिमको लेखा समिति रहने सदस्यहरु बाहेक नगर परिषद्का अन्य सदस्यहरुलाई तोकिए बमोजिमका विषयगत समितिहरु रहने गरी नगर परिषद्ले विभिन्न समितिहरु गठन गर्न सक्नेछ ।

४. नगर परिषद्को अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

 

९५. सल्लाहकार समिति गठन गर्न सक्ने ः

१. नगरपालिकाले आवश्यक ठानेमा आफ्नो कामë