Tansen Municipality    

Notice Board Discussion Forum Comments & Suggestions Available Forms
 


 

नगरपालिकासँग सम्पर्क

गठनात्मक बनौट
सहयोगी संस्थाहरु

नगरपालिकाको सोच तथा दृष्टिकोण

नगरपालिकाको वैधानिक व्यवस्

आर्थिक प्रशासन

नगरपालिकाका महत्वपुर्ण निर्णयहरु

तानसेन नगरपालिकाको नागरिक वडापत्

कर, शुल्क, सेवा शुल्क, भवन निर्माण शुल्

स्रोत नक्सा

प्रतिक्रिया तथा सुझाव

बहस मञ्

जनचेतना अभियान

अन्य सम्बन्धित साइटहरु

मासिक बुलेटिन

जनचेतना अभियान

 

विद्युतीय सु-शासन (e-Governance)

विसौं शताब्दीको अन्त्य र एक्काईंसौं सताब्दीको शुरुवात सँगै सञ्चार तथा सूचना प्रविधिको विकासले विश्वमा चमत्कारीक परिवर्तनहरु ल्याएको छ । नेपालमा पनि सूचना प्रविधिको विकास र प्रयोगको विस्तार हुँदै गईरहेको छ । यसै परिपेक्षमा तानसे नगरपालिकाले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा स्थानीय स्तरमा उपलब्ध सुविधा एवं सूचना प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर राख्दै नगरपालिकाले नगरवासीहरुलाई प्रदान गर्ने सेवा सुविधाहरुलाई सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाह गर्ने उद्धेश्य अनुरुप विद्युतीय सु-शासन (e-governance) को दीर्घकालिन अवधारणालाई अगाडी सारेको छ । जस अनुरुप नगरपालिकाले गाउँ-नगर साझेदारी विकास कार्यक्रमको सहयोगमा यो वेवर्साईट निर्माण गरेको हो । यो वेवर्साईटको माध्यमबाट नगरपालिकाले प्रदान गर्ने न्यूनतम सेवा सुविधाहरु नगरवासीहरुले घरमै बसी प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । यसले गर्दा कतिपय सेवा प्राप्त गर्न आवश्यक पर्ने फारामहरु लिनको लागि मात्र नगरपालिका कार्यालय तथ वडा कार्यालयसम्म धाउन नपर्ने भएको छ । तानसे नगरपालिकाले चाडैं नै इ-गभर्नेन्सको कार्यान्वयन स्वरुप वेवर्साईटको औपचारिक शुरुवात गर्न लागेको छ । नगरपालिले नगरवासीहरुले यस वेवर्साईटको उच्चतम उपयोग गर्ने आशा गरेको छ ।

                    

बि टु बि इ-कमर्स

गाउँ-नगर साझेदारी विकास कार्यक्रम लागू भएका अधिराज्यका बाह्र वटा नगरपालिकाका साझेदारी विकास समितिका अध्यक्षहरुको एक दिने परामर्श बैठकले गाउँ-नगर साझेदारी विकास कार्यक्रम लागू भएका नगरपालिका अन्तरगतका उद्योग वाणिज्य संघहरुमा बि टु बि इ-कमर्स (B2B e-commerce) लागू गर्ने निर्णय गरेको छ । सूचना प्रविधिको माध्यमबाट ब्यवसायिक संघ संस्थाहरु विच सर्म्पर्क कायम गरी ब्यापार प्रवर्द्धन गर्ने उद्धेश्यबाट बि टु बि इ-कमर्स लागू गर्न लागिएको हो । सम्बन्धित उद्योग वाणिज्य संघको पहलमा गाउँ-नगर साझेदारी विकास कार्यक्रम र सम्बन्धित नगरपालिकाको सहयोगमा यो कार्यलाई छिटै नै अगाडि बर्ढाईने भएको छ ।

एच.आई.भी./एड्स

 विश्वभरी आगोको भुस झैं सल्कँदै गैरहेको एच.आई.भी./एड्सको समस्या स्वास्थ्य समस्या मात्र नभई विकासको पनि समस्या हो भन्ने सवाललाई मध्यनजर राख्दै गाउँ-नगर साझेदारी विकास कार्यक्रमले एच.आई.भी./एड्सको कार्यक्रमलाई पनि अगाडि सारेको छ । कार्यक्रम अन्तरगत तानसेन नगरपालिकामा पनि विभिन्न कृयाकलापहरु सञ्चालन भईरहेका छन् । हालसम्म उपचारको समाधान नरहेको एच.आई.भी./एड्सको समस्यालाई जनचेतनाको माध्यमबाट रोकथाम गर्ने उद्धेश्यले समुदायस्तरमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको छ । विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारीहरुलाई एच.आई.भी./एड्स सम्बन्धी तालिम प्रदान गरिएको छ र यो कार्य निरन्तर चलिरहेको छ । त्यसै गरी तानसेन नगरपालिका अन्तरगतका सम्पूर्ण घरधुरीमा एच.आई.भी./एड्सको प्रतिक चिन्ह रातो रिवन वितरण गर्ने कार्य समेत अगाडि बर्ढाईएको छ । टोल विकास संस्थाहरुलाई परिचालन गरी प्रत्येक घरधुरीमा रातो रिवन वितरण गरिनेछ । यसरी नै नगरपालिकाका विभिन्न प्रकाशन एवं विभिन्न पत्रपत्रिकाहरुमा एच.आई.भी./एड्स सम्बन्धी सन्देशहरु प्रकाशन गरिएको छ ।  

 

  Home

  English Version

महत्वपुर्ण विषयहरु

सूचना पाटी

  बोलपत्र सूचना  
  कर्मचारी आवश्यकता  
 

नगरपालिकाका निर्णयहरु

 
  मासिक बुलेटिन  

सूचना

कुनै शाखावाट तपाईलाई कुनै समस्या परेमा तुरुन्त कार्यालय प्रमुख अथवा नगर प्रमुख संग सर्म्पर्क गर्नु होला ।

सर्म्पर्क फोन नं. ०७५-५२०१०९

 

सूचना पाटी . बहस मञ् . सल्लाह तथा सुझाव . सर्म्पर्क ठेगाना

©Copy Right  Reserved. Tansen Municipality, Palpa.                                  Designed & Maintained by DAV Computer Institute, Palpa