 |
|
नगरपालिकासँग सम्पर्क

गठनात्मक
बनौट

सहयोगी
संस्थाहरु

नगरपालिकाको सोच तथा दृष्टिकोण

नगरपालिकाको वैधानिक व्यवस्थ

आर्थिक
प्रशासन

नगरपालिकाका महत्वपुर्ण निर्णयहरु

तानसेन नगरपालिकाको नागरिक वडापत्

कर,
शुल्क, सेवा शुल्क,
भवन निर्माण शुल्

स्रोत
नक्स

प्रतिक्रिया तथा सुझाव

बहस मञ्

जनचेतना
अभियान

अन्य
सम्बन्धित साइटहरु

मासिक
बुलेटिन
 |
 |
|
प्रशासन शाखा
कार्यगत
जिम्मेवारीः
-
नगरपालिकाको वोर्ड
बैठकमा पेश गर्नु पर्ने एजेण्डाहरु संकलन गरी समयमा नै नगरपालिका
सदस्यहरुलाई वोर्ड बैठक बारे एजेण्डा सहितको लिखित जानकारी उपलब्ध
गराउने व्यवस्था मिलाउने ।
-
बोर्ड तथा विभिन्न
समिति, उप समितिहरुको बैठकको निर्णयहरु लेख्ने वा लेख्न लगाउने तथा
निर्णयहरु पुस्तिका सुरक्षित साथ राख्ने व्यवस्था मिलाउने ।
-
बैठकको निर्णयहरु
प्रतिलिपिहरु आवश्यकताअनुसार समयमै संबन्धित सबैलाई उपलब्ध हुन सक्ने
व्यवस्था मिलाउने ।
-
बोर्ड बैठकबाट भएका
निर्णयहरु समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सहयोग
गर्ने ।
-
नगर बासीको हितसँग
संबन्धित विभिन्न सिफारिसहरु यथासक्य छिटो उपलब्ध गराउने व्यवस्था
मिलाउने ।
-
प्रथम सुचना दर्ता गर्ने
व्यवस्था मिलाउनुको साथै सुचना द्वारा प्राप्त प्रतिवेदन ।
-
नगरपालिका भवन, उद्यान,
पार्क आदिको रेखदेख व्यवस्था गर्ने ।
-
अभिलेख प्रणालीलाई
अद्यावधिक राख्न लगाउने ।
-
कार्यालयको सरसफाई र
सुरक्षाको व्यवस्था गर्न लगाउने ।
-
प्रचलित ऐन कानून अनुसार
नगरपालिका भित्रको जन्म, मृत्यु, विवाह, बर्साई सर्राई र सम्बन्ध
विच्छेड आदि दर्ता गर्ने व्यवस्था मिलाउने ।
-
नियमानुसार मुड्डा
मामिलाको शुरु छानविन र आवश्यकता अनुसार साक्षी र्सजमिनको व्यवस्था
मिलाउने ।
-
कर्मचारीको नियुक्ति,
शरुवा, बढुवा आदिमा टिप्पणी उर्ठाई पदपुर्ति समितिलाई आवश्यक सहयोग
पुर्याउने ।
-
कर्मचारीलाई कार्य
सम्पादन मूल्याङ्कन समयमै गराउन आवश्यक व्यवस्था मिलाउने ।
-
प्रत्येक शाखा, उपशाखा,
इकाई तथा पदहरुले गर्नुपर्ने कार्य विवरण तयार गरी सोही अनुसार कार्य
गर्ने व्यवस्था मिलाउने ।
-
वारुणयन्त्रको संचालन
तथा मर्मत संभारको व्यवस्था गर्ने ।
-
नगरपालिका कार्यालयमा
जनशक्ति व्यवस्थापन गर्ने
-
स्थानिय स्वामित्व ऐन
२०५५ को परिच्छेद ५ बमोजिम नगरपालिकाको न्यायिक कार्य संपादनमा सहयोग
पुर्याउने
-
नगरपालिका संगठन
परिमार्जन तथा विकास सम्बन्धी आवश्यक व्यवस्था मिलाउने
-
शाखा/शाखा वडाहरु बीच
Coordination and Communication गर्ने
।
-
कर्मचारीहरुलाई
तालिम/गोष्ठी पठाउन आवश्यक काम गर्ने
-
नगरपालिका भित्र शाखा,
उप-शाखा वडा बीच अन्तरक्रिया गर्ने व्यवस्था मिलाउने
उपशाखाहरुः
१. सामान्य
प्रशासन उपशाखा
२. सोधपुछ तथा
दर्ता चलानी एकाई
३. पंजीकरण
इकाई
४. कानून
परामर्श इकाई
५. कम्प्यूटर
तथा टाइप इकाइ
आर्थिक प्रशासन शाखा
कार्य
जिम्मेवारीः
-
नगरपालिकाको
आय स्रोत विश्लेषण गर्ने ।
-
आगामी आ.व.को
वाषिर्क बजेट मस्यौदा तयार गर्ने ।
-
आ.ले.प. तथा
अ.ले.प. समयमै समाप्त गर्न आवश्यक व्यवस्था मिलाउने ।
-
अर्न्तर्गतका
उपशाखाहरुको श्रेस्ता प्रमाणित गर्ने ।
-
स्विकृत
बजेटको परिधि नाघ्न नपाउने हिसाबले खर्च गर्ने ।
-
पेश्की कार्य
यथासक्य नियन्त्रण गर्ने ।
-
योजना
तर्जुमामा संबन्धित वडाहरुलाई आय व्ययको निति प्रस्टयाउने ।
-
अर्न्तर्गतका
उपशाखाहरुले पेश गरेको काम कारवाहीमा राय दिने ।
-
नगरपालिकाको
आर्थिक विश्लेषण गरी योजना तथा प्राविधिक शाखा तथा अन्य संबन्धित
शाखाहरुलाई आवश्यकता अनुरुपको जिम्मेवारी दिने ।
-
वाषिर्क आय
व्यय र विकास निर्माण कार्यको विवरण स्थानीय पत्र पत्रिकामा प्रकासित
गर्ने गराउने ।
-
आर्थिक
अभिलेखहरुको रर्ेकर्ड आद्यावधिक राख्न कम्प्यूटर संचालन तथा प्रयोग
गर्ने व्यवस्था मिलाउने ।
-
आर्थिक
प्रशासनसँग संबन्धित अन्य आवश्यक कार्यहरु गर्ने व्यवस्था मिलाउने ।
-
बेरुजु
फछर्यौट तथा नियमित गर्न गराउन आवश्यक कारवाही गर्ने ।
-
नगरपालिकामा
आर्थिक अनुशासन कायम राख्ने ।
उपशाखाहरुः
१. लेखा
उपशाखा
२. कर उपशाखा
३. जिन्सी
उपशाखा तथा वाचनालय
योजना तथा प्राविधिक शाखा
जिम्मेवारीहरुः
-
राष्ट्रिय
लक्ष्य, निती र नगरको आवश्यकता अनुरुप नगरको दीर्घकालिन, आवधिक
वाषिर्क योजना तर्जुमाको प्राथमिकता निर्धारण गर्ने आधार तयार गर्ने
।
-
नगरपालिकाको
वाषिर्क योजना तथा कार्यक्रम वा माग पत्रमा संभाव्यता अध्ययन गर्ने ।
-
स्वीकृत र
संभाव्य योजनाहरुको नक्शा, डिजाइन प्रमाणित गर्ने र लागत इस्टिमेट
जाँच गर्ने ।
-
योजना
नियमानुसार बोलपत्र, कोटेशन, उपभोक्ता, अमानत वा सोझै कार्यान्वयन
गर्ने प्रक्रिया मिलाई राय पेश गर्ने ।
-
उपभोक्ता समुह
गठन गर्ने र गठित उपभोक्ता समितिसँग योजना संझौता गर्न व्यवस्था
मिलाउने ।
-
संबन्धित वडा
समितिको सहयोगमा लागत जनसहभागिता परिचालन गर्नु पर्ने क्षेत्र
पहिल्याउने ।
-
संचालन भएका
योजनाहरुको नापी किताव, रनिङ्ग विल र कार्य सम्पन्न प्रतिवेदन चेक
गरी प्रमाणित गर्ने गराउने ।
-
सम्पन्न भएका
विकास आयोजनाको जाँच पास गराउने, सम्पन्न योजना र चालु योजनाको लागत
एवं तथ्याङ्क अभिलेख राख्न लगाउने ।
-
कार्यान्वयन
स्तरमा आएका योजनाहरुको निरन्तर अनुगमन गर्ने गराउने र अनुपोषण
प्राप्त गर्ने ।
-
अगाडी वर्षो
नगर योजनामा क्षेत्रगत योजना पनि समावेश गर्ने ।
-
योजनाहरुको
मर्मत संभारको लागि निर्णय भए अनुसारको व्यवस्था गर्ने ।
-
सहभागितात्मक
योजना तर्जुमाको लागि आवश्यक पर्ने आधारभूत तथ्याङ्कहरु संकलन गर्ने
व्यवस्था मिलाउने ।
-
नगर प्रोफाइल
तयार गर्न आवश्यक व्यवस्था गर्ने र समय समयमा अद्यावधिक गर्ने ।
-
दर्ता भएको घर
नक्शा चेक गरी नक्शा पास उप-शाखामा पठाउने ।
-
संचालित
आयोजनाहरुको सुपरिवेक्षण गर्ने ।
-
योजनासँग
संबन्धित अन्य आइपर्ने क्रियाकलापहरु गर्ने ।
-
योजना
उपशाखाले गाउँ नगर साझेदारी विकास शाखा अर्न्तर्गतको सूचना तथा
व्यवस्थापन इकाई र टोल विकास योजना इकाई संग पनि समन्वय गर्ने ।
उपशाखाहरुः
- योजना शाखा
- नक्शा पास
इकाई
- विद्युत
इकाई
- तथ्याङ्क
इकाई
समाज कल्याण तथा सरसफाई शाखा
जिम्मेवारीहरुः
-
नगरको सरसफाई
संबन्धि निती निर्धारण गर्ने ।
-
संकलित फोहर
फ्याक्ने स्थानको पहिचान र निर्धारण गरी कार्यान्वयन गर्ने ।
-
मरेको
जीवजन्तु फ्याक्ने वा गाड्ने ठाउँको प्रबन्ध गर्ने र नष्ट गर्ने ।
-
निषेधित खाद्य
तथा पेय पदार्थको वितरणमा प्रतिबन्ध लगाउन आवश्यक व्यवस्था गर्ने ।
-
सरसफाईको लागि
आवश्यक मापडण्डहरु तयार गर्ने ।
-
पशु वधशालाको
व्यवस्था, संचालन तथा संभार गर्न लगाउने ।
-
अब्यवस्थित
तरिकाले फुटपाथ तथा अन्य ठाउँहरुमा कब्जा गरी व्यापार/व्यवसाय गरी
बस्नेलाई हटाउने तर्फकारवाही चलाउने ।
-
जन स्वास्थ्य,
पर्यावरण र सरसफाई बारे नगरवासीहरुलाई आवश्यक पर्ने ज्ञान प्रदान
गर्ने खालका विभिन्न कार्यक्रमहरु संचालन गर्ने व्यवस्था मिलाउने ।
-
स्वास्थ्य,
सरसफाई तथा वन पदावार संबन्धि काममा जनसहभागिता जुर्टाई कार्यक्रमहरु
संचालन गर्ने ।
-
नगरमा हरियाली
कायम गर्न बन नर्सरी तथा नगर शान्ति वन संचालनको व्यवस्था गर्ने ।
-
सेवा मुलक
कार्यक्रम अर्न्तर्गत चेलिबेटी कार्यक्रम, प्रौढ शिक्षा, बाल शिक्षा,
स्वास्थ्य शिक्षा आदि विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
-
सरसफाई तथा
समाज कल्याण अर्न्तर्गत आवश्यक अन्य कार्यहरु गर्ने गराउने ।
-
यस शाखाले
गाउँ नगर साझेदारी शाखा अर्न्तर्गत सामाजिक उद्यम विकास इकाईसंग पनि
समन्वय गर्ने ।
उपशाखाहरुः
१. सरसफाई उप
शाखा
२. सामुदायिक
विकास तथा वन संरक्षण उपशाखा
३. पर्यटन
उपशाखा
|
|
गाउँ नगर साझेदारी विकास शाखा
जिम्मेवारीहरुः
क) नगर सुचना प्रणाली
गाउँ नगर साझेदारी विकास कार्यक्रमले गाउँ नगर अन्तर सम्बन्धमा
आधारित विकास प्रयासहरु गर्ने परिपाटीको स्थापना गर्न गाउँ नगरको
सामाजिक तथा आर्थिक अन्तरसम्बन्ध बारे नगर स्तरमा सुचना प्रणालीको
विकास गरिएको छ । घरधूरी, टोल, व्यवसायी तथा वार्डबाट संकलित
तथ्यांड्ढहरुलाई कम्प्यूटरमा भरी प्रशोधन गरी नगर सुचना केन्द्रमा
राखिएको छ । आवश्यक परेका बखत नगराबासी तथा संघ संस्थाहरुले उक्त
सुचनाको प्रयोग गर्न सक्नु हुनेछ ।
ख) सहभागितात्मक नगर योजना तथा अनुगमन प्रक्रिया
स्थानीय तहबाट निर्ण्र्ााभएको योजना बढी प्रभावकारी र दिगो हुने
हुँदा कार्यक्रमले विकेन्द्रकरणको सिद्धान्त अनुरुप तल्लो निकायबाट
माथिल्लो निकाय ९द्ययतत om
गउ० को योजना तर्जूमा तथा अनुगमनको परिपाटी
बसाल्नका लागि नगरपालिकामा सहभागितात्मक नगर योजना तथा अनुगमन परिपाटी
बसाल्नका लागि नगरपालिकामा सहभागितात्मक नगर योजना तथा अनूगमन परिपाटी
बसाल्नका लागि नगरपालिकामा सहभागितात्मक नगर योजना तथा अनुगमन
प्रक्रियाको शुरुवात गरेको छ । यस प्रक्रियामा टोलका गठित भएका टोल र
लेन संस्था मार्फ आ-आफ्नो टोलका योजना बनाई बोर्डमा पठाउने तथा वार्ड
मार्फ नगरपालिका भई नगर विकास योजना बन्ने कार्य हुन्छ । नगरपालिकाको
आफ्नो आन्तरिक श्रोतबाट नपुग्ने योजनाको हकमा जिल्ला विकास समिति मार्फ
राष्ट्रिय योजना आयोगमा समेत पााइन्छ ः आफ्नो टोलको समुचित विकास
गर्नका लागि सम्पर्ुण्ा नगरबासीहरुलाई सहभागितात्मक विकास गर्नका लागि
सम्पर्ुण्ा नगरबासीहरुलाई सहभागितात्मक नगर योजना तथा अनुगमन
प्रक्रियामा सहभागी हुनका लागि अनुरोध गरिन्छ ।
ग) नगरपालिकालाई व्यवस्थापन सहयोग
नगरपालिकाको संस्थागत र व्यवस्थापकीय क्षमतामा सुदृढिकरण र
अभिबृद्धि गरी नगरपालिकाको गाउँ नगर अन्तर सम्बन्धलाई दरिलो पार्ने र
आवश्यक सेवा तथा सुविधाहरु सीघ्र एवं प्रभावकारी रुपमा परिचालन गर्ने
उद्देश्य अनुरुप कार्यक्रमले सहयोग पुर्याइरहेको छ ।
घ) समुदाय परिचालन
कार्यक्रमले नगर एवं ग्रामीण बजार केन्द्रको टोल तहमा टोल विकास
संस्थाहरु स्थापना गर्न सहयोग गरी समूदाय परिचालनद्वारा टोल विकास
कार्यहरु संचालन गर्न उत्प्रेरित गर्दछ । ती संस्थाहरुको संस्थागत
क्षमता, बचत र सीप अभिबृद्धि गरी टोल बासीहरुलाई टोल विकासका लागि
आफ्नो समस्या आफै पहिचान गर्ने, विकास कार्यक्रमको प्राथमिकता तोक्ने,
आवश्यक श्रोत र साधनको खोजी गर्ने कार्यमा उनीहरुलाई स्वाबलम्बी र
सशक्त बनाउने कार्यमा सहयोग भैरहेको छ ।
१) ऋण सूविधा
टोल विकास संस्थाका उद्यमीहरुलाई व्यापारी कार्यहरुमा समुहगत रुपमा
न्युनतम ३ देखि ६ सदस्यहरुलाई सामाजिक धितोका आधारमा ऋण प्रदान गरिन्छ
। यसका लागि आफ्नो टोलमास्थापित टोल विकास संस्थाको सदस्य हुनु
अनिवार्य हुन्छ ।
२) बीउ पुजी सहयोग
प्रत्यक्ष रुपमा व्यापारिक लक्ष्य नभएका र नाफा आर्जन नगर्ने
सामुदायिक सामाजिक पर्ुवाधार विकासमा लागत सहभागिताका आधारमा बीउ पूँजी
लगानी गरिन्छ । यस किसिमको सुविधा लिनका लागि टोल विकास संस्थाको गठन
अनिवार्य छ ।
३) तालिम
व्यापारिक एवं सामुदायिक उद्यम व्यवसाय र प्रयासहरुमा आवश्यकता
अनुरुप बजार व्यवस्थापन, उद्यम संचालन वा विशेष प्रकारका अन्य तालिमहरु
गरिन्छ । टोल विकास संस्थामा आवद्ध भई उद्यम विकासका लागि तालिममा भाग
लिन आफ्नो उद्यमशीलता बढाउन नगरबासीहरुलाई अनुरोध गरिन्छ ।
४) प्रविधि हस्तान्तरण
कार्यक्रम अर्न्तर्गत संचालित व्यापारिक एवं सामुदायिक प्रयासको
सफलताको लागि आवश्यक प्रविधि उपलव्ध गराउनुका साथै आवश्यकता अनुसार
तालिमहरु पनि संचालन गरिनेछ ।
ङ) निजी र्सार्वजनिक साझेदारी कार्यक्रम
नगरपालिका, निजीक्षेत्र, गै.स.स., सहकारी तथा टोल विकास
संस्थाहरुबीच समन्वय गरी नगर एवं ग्रामीण बजार केन्द्राको सामाजिक,
आर्थिक र अन्य पर्ुवाधार विकासका लागि यी संस्थाहरुबीच साझेदारी
विकासमा पनि सहयोग गर्दछ । यस कार्यबाट स्थानीय निकाय र निजी
क्षेत्रबीच आपसी विश्वास र कार्यगत एकता विकसित भै औद्योगिक एवं
परिचालन गराउने वातावरण सृजना भई गाउँ नगर सम्बन्धको समुचित विकास हुन
सक्ने छ ।
च) ग्रामीण श्रमिक सम्बन्ध
गाउँ नगरको समुचित सम्बन्ध विस्तारका लागि ग्रामीण क्षेत्रका
विद्यमान परम्परागत पेशामा संलग्न दलित वर्गका श्रमिकहरुलाई नगर एवं
ग्रामीण बजार क्षेत्रमा अवस्थित उद्योग र व्यापारसंग सम्बन्ध विस्तारका
लागि कार्यक्रमले उचित वातावरण सृजना गर्नका साथै थप सहयोग गर्दछ ।
यसका लागि साझेदारी विकास समितिमा सर्म्पर्क राखी फाइदा उठाउन हुन
अनुरोध गरिन्छ ।
छ) मानवीय संशाधन विकास
गाउँ नगर सम्बन्धलाई मजबुत पार्न कार्यक्रमले नगरपालिका तथा ग्रामीण
बजार केन्द्रका पदाधिकारी, कर्मचारी, टोल विकास संस्थाका सदस्य तथा
व्यवसायिक संघ संगठनहरुलाई तालिम, अवलोकन भ्रमण तथा विविध माध्यमबाट
मानवीय संशाधन विकासमा टेवा पुर्याउने कार्य गर्दछ ।
|
|
|