|
सहयोगी संस्थाहरु
क) संयुक्त राष्ट
संघिय विकास कार्याक्रम (UNDP)
यसको सहयोगमा हाल यस नगरपालिकामा गाउँ-नगर साझेदारी विकास कार्यक्रम
लागू भैरहेको छ ।
गाउँ-नगर साझेदारी विकास कार्यक्रम
(www.rupp.org.np)
'नगर उन्मुख स्थानिय विकास'
१.पृष्ठभूमि
नेपालमा सन्चालित विकाश कार्यक्रमहरु एकल रुपमा यात ग्रामिणमुखी या
शहरमुखी भई निर्दशित भएको पाईन्छ । यसले गर्दा गाउँ नगर अन्तरसम्बन्धको
विकाश हुननसकि दुवै क्षेत्रले आफनो किसिमको सामाजिक आर्थिक ,वातावणिय
इत्यादि समस्याहरु भोग्नुपरिरहेको छ । परिणमस्वरुप ग्रामीण जनजिवन
जिर्ण र कमजोर भइरहेको छ भने शहरीजनजीवन अस्तब्यस्त र विकृतीको थलोको
रुपमा परिणत हुदैगइरह्ेको छ। स्थानिय विकाशका लागि यि दुवैक्षेत्रको
सन्तुलित विकाश अपरिहार्य छ । गाउँ एवम नगरको आर्थिक ब्यबस्थालाई एक
अर्काको परिपुरकको रुपमा विकशित नगरिनाले ति दुवै क्षेत्रको बाहिरी
प्रभाव र बाहिरि उत्पादनमा निर्भरता बढिरहेको छ । यसकारणले स्थानिय र
राष्टिय आर्थिक तथा सामाजीक विकाश आशा गरेअनुरुप हुनसकिरहेको छैन ।
गरिबीनीवारणका निम्ती सुशासन अत्यावश्यक भएको सर्न्दर्भमा स्थानिय
निकायहरुलाई सक्षम र सबल बनाउनु जरुरी छ । यी समस्यालाई ध्यानमा राखी
श्री छ को सरकारले दोस्रो सम्मेलनमा आफनो प्रतिबद्धता प्रकट गरे बमोजिम
द्दण्छट भदौ द्दद्द गते देखी श्री छ को सरकार राष्ट्रिय योजना आयोग
भौतिक योजना तथा निर्माण मन्त्रालय र स्थानिय विकाश मन्त्रालय संयुक्त
राष्ट्सघीय विकाश कार्यत्रम र संयुक्त राष्टसंघीय मानव बसोबास
केन्द्रको संयुक्त प्रयासमा गाउँ नगर साझेदारी बिमास कार्यक्रम संचालन
गरिएको थियो । सन् २००२ जनवरी देखि दोस्रो चरणको यो कार्यक्रम श्री छ
को सरकार स्थानीय विकास मन्त्रालयद्धारा राष्टिय योजना आयोग र भौतिक
योजना तथा निर्माण मन्क्रालयको समन्वय तथा संयुत्त राष्ट सघिय विकास
कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित छ ।
२.कार्यक्रमको अवधारणा
विगतका प्रयास, अनुभव र उपलब्धिहरुलाई ध्यानमा राखी कार्यक्रमले
केहि महत्वपुर्ण अवधारणाहरु अघि सारेको छ ।
- गाउँ र नगर विकासका प्रकृयालाई एकिकृत रुपमा अघि बढाउनु पर्छ ।
- स्थानिय आथिक एवं भौतिक ब्यवस्थाको सुदृढीकरण त्यस स्थानको
जनस्रोत,आर्थिक ,सामाजिक तथा वित्तिय स्रोत एवम संसाधनको समुचित
उपयोग बाट गर्न सकिन्छ ।
- नगर विकाश भन्नाले, भौतिक पुर्वाधारको विकाश मात्र सम्झनु हुदैन
त्यसलाई आवश्यक पर्ने आर्थिक, सामाजिक प्राविधीक पूर्वाधारको र चेतना
स्तरको पनि विकाश भन्ने सम्झनु पर्दछ ।
- सुसाशन र गरिवी निवारणका निमित्त स्थानिय निकायमा सुचना
प्रविधिको प्रयोग आवश्यक छ।
- सरकारिस्तरको प्रयासले मात्र नगरको विकाश गर्न सम्भव छैन । यसका
लागी निजीक्षेत्रको सहभागिता र स्थानिय जनभावना अनुरुप कार्यक्रमहरु
संचालन हुनुपर्दछ ।
३. उद्देश्य
- स्थानिय स्वायत्त शासन ऐन द्दण्छछ अनुसार सहभागितामुलक विकेन्दित
शहरी सुशासनलाई कार्यान्वयन गर्न नगर पालिकाहरुको ब्यवस्थापन क्षमता
अभिवृद्धि गर्न ।
- नगरपालिका तथा ग्रामिण बजार केन्द्रहरुका गरिब बर्गलाई लक्षित
गरि इ गभरनेन्स र इ कमर्सको अवसर उपलब्ध नराउने ।
- गाउँ नगर अन्तरसम्बन्धलाई सुदृढ पादै गाउँ तथा नगरका गरिब जनताको
जिवन स्तर उकासने
- गरिबमुखि शहरी विकाशनिती तर्जुमा गर्न कार्यमा केन्द्रिय तथा
स्थानिय सरकारलाई सहयोग गर्न ।
४. नीति तथा कार्य योजना
-
गाउँ नगर अन्तरसम्बन्धमा आधनरित विकाश प्रयासहरु
कार्यान्वयन गर्न समुदाय परिचालन मार्फ संस्थागत परिपाटिको स्थापना
गर्न।
-
सहभागितात्मक नगर विकाश योजना तर्जुमा तथा कार्यान्वयन
गर्न ब्यबस्थापन क्षमता अभिवृद्धि गर्न।
-
गाउँ नगरको सामाजिक तथा आर्थिक अन्तर सम्बन्ध बारे शहरी
एंव ग्रामिण बजार क्षेत्र स्तरमा सुचना प्रणलीको ब्यबस्था गरी बजार
ब्यबस्थालाई सुदृढ बनाउने।
-
कार्यक्रमको प्रभाव लेखाजोखा र अनुगमन निमित्त
उपयुक्त्त प्रणलीको स्थापना गर्न।
-
गरिबि निव।रणको लागी स्थानिय समुदायको रोजगारी र आय
वृद्धि गराउन विभिन्न सेवाहरुको आपर्ूर्ति गर्न तथा वस्तूहरुको खरीद
ब्रि्री गर्न ब्यबसाय स्थापनामा टेवा पर्ुयाउने तथा स्थापित उधमहरुको
क्षमता तथा उत्पादनशिलता अभिवृद्धिमा सहयोग पर्ुयाउने।
-
ग्रामीण क्षेत्रलाई नगरको र नगर क्षेत्रलाई गाउँको
आवश्यकता अनुरुप उत्पादन गर्न र बजारका अवसरहरुलाई उचित प्रयोग गर्न
परिचालन गर्न र बजारका अवसरहरुलाई उचित प्रयोग गर्न परिचालन गर्न
पद्धतिको विकाश गर्न।
-
दलित वर्ग तथा महिलाहरुको सामाजिक तथा अर्थिक विकाशको
लागी उपयूक्त वातावरण सृजना गर्न।
-
शहरी सेवालाई प्रभावकारी रुपमा प्रदान गर्न निजी तथा
सरकारी क्षेत्रका साझेदारी प्रयासहरुलाई आवश्यक सेवा उपलबध गराउने।
-
सुशासनका लागि नगर पालिकाका जन प्रतिनिधि तथा कर्मचारी
र टोल विकाश संस्थालाई सक्षम बनाउने ।
-
नगर विकाश निति तयार पार्न सहयोगी कृयात्मक शोधकार्यहरु
गर्न विश्वबिधालय , शिक्षण संस्थाहरुलाई परिचालन गर्न।
-
एच, आई, भि, एडस लाई लक्षित गर्दै नगर क्षेत्रमा
जनचेतना मुलक कार्यक्रम संचालन गर्न।
५.
उधमहरु संचालनका लागी सहयोग पुर्याउने ब्यबस्था
यस कार्यक्रमले नगर तथा ग्रामिण बजार केन्द्रको टोल संस्थाबाट
प्रस्ताव भई आएका सामाजिक एवं आर्थिक उधम ब्यबसाय बा क्रियाकलापहरुलाई
गरिबी निबारण र सुशासनमा जोडदिई आत्म निर्भर र तथा सक्षम बनाउनका लागि
लागत सहभागिता का आधारमा निम्न प्रकारका सहयोग प्रदान गर्दछ ।
तालिम : यस कार्यक्रम अन्तरगत व्यापारिक एवं सामुदायिक उधम,
व्यवसाय र प्रयासहरुमा आवश्यकता अनुरुप बजार व्यवस्भापन वा उधम संचालन
वा विशेष प्रकारका अन्य तालिम प्रदान गर्ने ।
प्रविधि : यस कार्यक्रम अन्तरगत संचालित व्यापारिक एवं
सामुदायिक प्रयासहरुको सफलताका लागि आवश्यक प्रविधिहरु
उपलब्ध गराउने ।
बीउ पूंजी : प्रत्यक्ष रुपमा व्यापारिक लक्षण नभएका र नाफा
आर्जन नगर्ने तर सामाजिक लाभ बढी हुने टोल विकासका प्रयासहरुलाई पूजी
लगानीमा सहभागी बनाउने ।
ऋण सुविधा : नाफा आर्जन गर्ने खालका व्यापारिक प्रयासहरुलाई
ऋण उपलब्ध गराउने।
६. कार्यक्रम समन्वय
कार्यक्रमले विभिन्न स्भानमा समन्वय तथा परामर्शमा विशेष ध्यान
दिएको छ
। त्यसका लागी निम्न अनुसारका बिभिन्न परामश मञ्च तथा समन्वय
समितिहरु गठन गरिएकौ छ।
साझेदारी विकाश समिति : नगरपालिकामा अवस्थित साझेदारी विकाश
समितिमा स्थानिय निकायका पदाधिकारीहरु ग्रामिण बजार केन्द्रसँग
सम्बन्धित पदाधिकारीहरु वाणिज्य बैक गै, स, तथा निजि क्षेत्रका संघ
संस्थाका प्रतिनिधिहरु रहनेछन ।
गाउँ नगर अन्तरसम्बन्ध नेटवर्क : आर यू ऐनर् इ टी मा
सम्बन्धित मेयरहरुको सहभागीता रहनेछ । यसको मुख्य उदेश्य कार्यक्रम
लागु भएका क्षेत्रहरुको बीच अनुभवको आदान प्रदानका साथै कार्यक्रमलाई
परामर्श समेत प्रदान गर्न रहेको छ ।
स्थानिय प्रयास मञ्च : स्थानीय प्रयास मञ्चको निर्माण
स्थानियस्तरमा गरिनेछ । यस मञ्चमा यु, एन, डि ,पि, अर्न्तगत संचालित
तथा अन्य स्थानियस्तस्तरमा गरिनेछ । यस मञ्चमा यु एन डि पि अर्न्नर्गत
संचालित तथा अन्य स्थानीय स्तरका योजनाहरुका तथा नगरपालिका भित्र
संचालित विकास कार्यक्रमहरु बीच समन्वय गर्नु रहनेछ ।
७. लक्षित वर्ग
यस कार्यक्रमको प्रत्यक्ष
लक्षित समूह नगरपालिका तथा ग्रामिण बजार केन्द्रका जनसमुदायहरु पर्दछन्
।
यिनै लक्षित वर्गलाई
ध्यानमा राखी यस कार्यक्रमले नगरपालिका, ग्रामीण बजार केन्द्र, गा, वि,
स, टोल विकास संस्था र निजी क्षेत्रमा कार्यक्रम केन्द्रित गर्नेछ ।
स्थानीय विकास मन्त्रालय,
भौतिक योजना तथा निर्माण मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई यस
कार्यक्रमको सहयोग रहनेछ ।
क)
UDLE(www.undle.org.np)
ख)
DED(www.ded.org.np)
ग) TDF |