|
तानसेन नगरपालिकाबाट उपलब्ध सेवाहरु
क)
नागरिकता प्रमाण-पत्र
ख)
नाता प्रमाणित
ग) घर
नक्सा इजाजत
घ)
घर जग्गा नामसारीको सिफारिश
ङ)
घर जग्गा मुल्यांकन
च)
बिटौरी जग्गा नामसारी
छ)
जग्गा नामसारी
ज)
मृत्यु प्रमाणित
झ) बसोबास
प्रमाण
ञ) जन्म
मिति प्रमाणित
ट)
नामथर संशोधनको सिफारिश
ठ)
उद्योग स्थापना सिफारिस
ड)
योजनाको पेश्की र्फछयौट
ढ)
उद्यम समुह दर्तारसिफारिश
ण)
टोल र लेन संगठन दर्ता
त)
गाउँ-नगर साझेदारी विकास कार्यक्रम मार्फ सहयोग लिई
उद्यम संचालन गर्न आवश्यक
पर्ने कागजातहरु
थ)
मुद्दा सम्वन्धि सम्पूर्ण कार्य
द)
अन्य
नगरपालिकामा
पेश भएका निवेदन उपर सिफारिश
वा दर्ता
प्रक्रियामा आवश्यक पर्ने कागजातहरुः
क) नागरिकता
प्रमाण-पत्र
नागरिकता प्रमाण-पत्र सिफारिशका लागि देहाय बमोजिमका
कागजात आवश्यक हुनेछ ।
१. सम्बन्धित वडा
अध्यक्षको सिफारिश ।
२.
अस्थायी नागरिकताको प्रतिलिपि, वा पिताको नागरिकताको
प्रमाणित प्रतिलिपि वा घर परिवारका सनाखत गर्ने व्यक्तिको
नागरिकताको प्रमाणित प्रतिलिपि, विवाहित भए पतिको नागरिकता
प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि र विवाह दर्ता प्रमाण-पत्र ।
३.
कान देखिने हालै खिचेको फाटो २ प्रति
(पुरुष भए टोपी लगाएको)
४.
अध्ययनरत वा अययन समाप्त गरेको हकमा जन्म मिति खुलेको
विद्यालयको प्रमाण-पत्रको प्रतिलिपि वा अन्य व्यक्तिको हकमा
जन्ममिति उल्लेख भएको प्रमाण-पत्रको प्रतिलिपि
(जस्तैः जन्मकुण्डली)
५.
बर्साई सर्राई गरी आएको भए बर्साई सर्राईको
प्रमाण-पत्रको प्रतिलिपि ।
६.
वैवाहिक सम्बन्ध अंगिकृतको लागि विवाह दर्ता
प्रमाण-पत्रको प्रतिलिपि ।
७.
वैवाहिक अंगिकृतको नागरिकताका लागि विदेशी नागरिकता
त्यागेको वा त्याग्न कार्यवाही चलाएको प्रमाण (जस्तै पत्राचार
गरेको पत्रको वोधार्थ प्रति वा पात्र पठाएको अधिकारिक
प्रमाण) ।
८.
चालु आर्थिक वर्षम्मको नगरपालिकालाई तिर्नुपर्ने
सम्पुर्ण कर र शुल्क तिरेको प्रमाण ।
९.
आवश्यक परेमा जग्गाधनी प्रमाण-पुर्जा, जन्म दर्ता प्रमाण-पत्र
वा
मृत्यु दर्ता प्रमाण-पत्रको प्रतिलिपि प्रमाणको लागि पेश
गर्नु पर्नेछ ।
ख) नाता
प्रमाणित
नाता प्रमाणित सिफारिशका
लागि देहाय बमोजिमका
कागजात आवश्यक हुनेछ ।
१.
सम्वन्धित वडा समितिको सिफारिश ।
२.
मृत्यु दर्ता प्रमाण-पत्र ।
३.
नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ।
४.
बाहिर जिल्ला वा गा.वि.स., नगरपालिकाको नागरिकता
प्रमाण पत्र भए वर्साई सर्राईको प्रमाण पत्र ।
५.
उमेर नपुगेको हकमा जन्म दर्ता प्रमाण पत्र ।
६.
हालै खिचेको पासपोर्ट साइजको फोटो ३/३ प्रति ।
७.
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
८.
निवृत्तभरण पाउनेहरुको हकमा प्रयोजन हेरी संयुक्त फोटो
९.
सम्वन्धित कुनै पक्षको मृत्यु भएको रहेछ भने मृत्यु दर्ता
प्रमाण पत्र ।
१०.
निवृत्तभरण पाउनेहरुको हकमा नाम, नम्बर, दर्जा, पद,
पत्नीको नाम देखिने पेन्सन पट्टाको प्रतिलिपि तथा प्रयोजन
हेरी संयुक्त फोटो ।
११.
पिताको मृत्यु भएको छोराले पितासंग नाता प्रमाणित
गर्नुपर्दा पिताको मृत्यु दर्ताको प्रमाण-पत्र, छोराहरुको
प्रमाण-पत्रको प्रतिलिपि संलग्न राखी सम्बन्धित वडा
अध्यक्षको सिफारिश सहितको र्सजमिन मुचुल्का ।
१२.
चालु आर्थिक वर्षसम्मको नगरपालिकालाई तिर्नु पर्ने
सम्पुर्ण कर र शुल्क तिरेको प्रमाण ।
ग) घर नक्सा इजाजतः
(आवश्यक फाराम)
घर नक्सा पास प्रमाणित सिफारिशका
लागि निवेदकले
देहाय बमोजिमका कागजातहरु पेश गर्नु
पर्नेछ ।
१. आफ्नो हक
भोगको जग्गा भवन निर्माण गर्ने भए हक
भोगको निस्सा र
अरुको हक भोगको जग्गामा निर्माण गर्ने
भए निजको हक भोगको
निस्सा सहित मञ्जूरीको लिखत ।
२. निर्माण
गरिने घरको नक्शा सेट तीन -ट्रेसीङ पेपरमा एक
र सोको
फोटोकपी दर्ुइ थान)
३. जग्गाधनी
दर्ता प्रमाण पर्ुजा
४. मालपोत
कार्यालयबाट हक प्राप्त गरेको पारित लिखत ।
५. घरको तला थप
भएमा पुरानो नक्शा
६. चालु वर्षो
भूमिका र मालपोत तिरेको रसीद
७. घर निर्माण
गरिने जग्गाको प्रष्ट देखिने नापी शाखाको
प्रमाणित
नक्शा
८. गुठी जग्गा
भए गुठीको सिफारिश ।
९. सम्वन्धित
व्यक्तिको नागरिकताको प्रमाण-पत्र ।
१०. वारेस राखी
नक्सा पास गर्ने भए वारेसनामा र वारेसको
नागरिकताको प्रतिलिपि ।
११. धितो रहेको
जग्गा भए सम्बन्धित निकायको स्वीकृति पत्र ।
१२. चालु
आर्थिक वर्षम्मको नगरपालिकालाई तिर्नु पर्ने
सम्पुर्ण कर र शुल्क तिरेको प्रमाण ।
घर नक्सा पासका लागि
अपनाउनुपर्ने प्रक्रियाहरु ।
भवन बनाउन अनुमति लिन चाहनेले रित
पर्ुवकको दरखास्त गरे पछि ७ दिन भित्र उक्त भवन निर्माण बाट सन्धियार कसैलाई पिर
मर्का पर्ने भए आफुलाई मर्का परेको विवरण खुलाईसुचना टास भएको १५ दिन भित्र उजुर
गर्ने म्याद हुने छ । सो म्याद भित्र उजुर नपरे ३ दिन भित्र इन्जिनियर वा ओभरसियर र
अन्य कर्मचारी खर्टाई उक्त निर्माण कार्य गर्न मिल्ने नमिल्ने कुराको जाच गर्न
लगाउने र १५ दिन भित्र जाच बुझको प्रतिवेदन नगरपालिकामा पेश गर्ने । प्रतिवेदन
प्राप्त भएको ७ दिन भित्र भवन बनाउने अनुमति दिइने छ ।
नोट:
स्वीकृत नक्सा विपरित निर्माण कार्य
भएको पाइएका प्रचलित कानून बमोजिम कारवाही गर्न नगरपालिका वाध्य हुनेछ ।
घर निर्माण कार्यको क्रममा छिमेकीलाई
वाधा विरोध नपर्ने गरी र र्सार्वजनिक बाटो, फुटपाथमा निर्माण सामग्री नराखी
गर्नुपर्नेछ । यसको विपरित कसैबाट उजुर पर्न आएमा वा र्सार्वजनिक बाटो, फुटपाथमा
वाधा पारेमा वा वातावरण प्रतिकूल हुने गरी कार्य गरेमा नियमानुसार आवश्यक कार्यवाही
गर्न नगरपालिका वाध्य हुनेछ ।
घ) घर
जग्गा नामसारीको सिफारिशः
घर जग्गा नामसारीको
सिफारिशका लागि निवेदकले
देहाय बमोजिमका कागजागहरु
पेश गर्नुपर्नेछ ।
१.
सम्बन्धित वडाध्यक्षको सिफारिस सहितको निवेदन ।
२.
मृत्यूबाट भए मृतकको मृत्यू दर्ता प्रमाण-पत्र ।
३.
मृतकसंग नाता प्रमाणित प्रमाण-पत्र ।
४.
सम्वन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्र ।
५.
जग्गाधनी दर्ता प्रमाण पुर्जा ।
६.
चालु आर्थिक वर्षो भमिकररमालपोत तिरेको रसीद,
७.
चालू आर्थिक वर्षम्मको नगरपालिकालाई तिर्नू पर्ने
सम्पुर्ण कर र शूल्क तिरेको प्रमाण ।
८.
र्सर्जिवन मूचूल्का सहितको प्रतिवेदन ।
ङ) घर
जग्गा मुल्यांकनः
घर जग्गा मुल्यांकन
सिफारिशका लागि निवेदकले
देहाय बमोजिमका कागजातहरु
पेश गर्नूपर्नेछ ।
१.
जग्गाधनि दर्ता प्रमाण पुर्जा ।
२.
घर भए नक्सा पास प्रमाण पत्र ।
३.
सम्वन्धित व्यक्तिको नागरिकता प्रमाण-पत्र ।
४.
सम्वन्धित वडाध्यक्षको सिफारिश ।
५.
चालु आर्थिक वर्षो भूमिकाररमालपोत तिरेको रसीद ।
६.
चालु आर्थिक वर्षसम्मको नगरपालिकालाई तिर्नु पर्ने
सम्पुर्ण कर र शुल्क तिरेको प्रमाण ।
च) बिटौरी
जग्गा नामसारीः
राजिनामा, वकसपत्र,
अंशवण्डा आदिबाट हक हस्तान्तरण
भई नामसारी गर्नु परेमा
बिटौरी जग्गा नामसारी सिफारिशका
लागि निवेदकले देहाय
बमोजिमका कागजातहरु पेश
गर्नुपर्नेछ ।
१.
मालपोत कार्यालयबाट पास भएको राजिनामा वा वण्डापत्र
वा हक
हस्तान्तरण पत्र ।
२.
सम्वन्धित व्यक्तिको नागरिकता प्रमाण-पत्र ।
३.
जग्गाधनी दर्ता प्रमाण पर्ुजा ।
४.
चालु आर्थिक वर्षो भुमिकररमालपोत तिरेको रसीद
५.
चालु आर्थिक वर्षसम्मको नगरपालिकालाई तिर्नु पर्ने
सम्पुर्ण कर र शुल्क तिरेको प्रमाण ।
६.
वर्साई सर्राई गरि आएकोमा वर्साई सर्राईको प्रमाण पत्र ।
छ) जग्गा
नामसारीः
(मृत्यु भएको कारण दाखिल
खारेज गर्नु परेमा)
जग्गा नामसारी सिफारिशका
लागि देहाय बमोजिमका
कागजातहरु पेश
गर्नुपर्नेछ ।
१.
मृतकको मृत्यु दर्ता प्रमाण-पत्र
२.
सम्बन्धित व्यक्तिको नागरिकता प्रममाणित-पत्र
३.
जग्गाधनी प्रमाण-पूर्जा ।
४.
चालु आर्थिक वर्षो भूमिकर-मालपोत तिरेको रसिद ।
५.
चालु आर्थिक वर्षसम्मको नगरपालिकालाई तिर्नु पर्ने
सम्पुर्ण कर र
शुल्क तिरेको प्रमाण ।
६.
वर्साई सर्राई गरि आएकोमा वर्साई सर्राईको प्रमाण पत्र ।
ज) मृत्यु
प्रमाणितः
मृत्यु प्रमाणित सिफारिशका लागि
निवेदकले देहाय
बमोजिमका कागजातहरु पेश गर्नू
पर्नेछः।
१. सम्बन्धित
वडाध्यक्षको सिफारिश सहितको र्सजमीन मुचुल्का ।
२. सम्वन्धित
व्यक्तिको नागरिकता प्रमाण-पत्र ।
३. चालु आर्थिक
वर्षम्मको नगरपालिकालाई तिर्नुपर्ने
सम्पुर्ण कर
र शुल्क तिरेको प्रमाण ।
झ) बसोबास
प्रमाणः
बसोबास प्रमाणित
सिफारिशका लागि निवेदकले देहाय
बमोजिमका कागजातहरु पेश गर्नूपर्नेछ
।
१. सम्बन्धित
वडाध्यक्षको सिफारिश सहितको र्सजमीन मुचुल्का ।
२. सम्वन्धित
व्यक्तिको नागरिकता प्रमाण पत्र ।
३. चालु आर्थिक
वर्षसम्मको नगरपालिकालाई तिर्नु पर्ने
सम्पूर्ण कर
र शुल्क तिरेको प्रमाण ।
ञ) जन्म मिति
प्रमाणितः
जन्म मिति प्रमाणित
सिफारिशका लागि निवेदकले देहाय
बमोजिमका कागजागहरु पेश
गर्नुपर्नेछ ।
१. सम्बन्धित
वडाध्यक्षको सिफारिश सहितको र्सजमीन मुचुल्का ।
२. सम्वन्धित
व्यक्तिको नागरिकता प्रमाण पत्र ।
३. पासपोर्ट
साइजको हालसालै खिचेको फोटो ।
४. चालु आर्थिक
वर्षसम्मको नगरपालिकालाई तिर्नुपर्ने
सम्पुर्ण कर
र शुल्क तिरेको प्रमाण ।
ट) नामथर
संशोधनको सिफारिशः
नाम थर संशोधन सिफारिशका लागि
निवेदकले देहाय
बमोजिमका कागजागहरु पेश गर्नु
पर्नेछ ।
१. सम्बन्धित
वडाध्यक्षको सिफारिश सहितको र्सजमीन मुचुल्का ।
२. सम्वन्धित
व्यक्तिको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ।
३. नाम थर फरक
परेको सम्वन्धित कागजको प्रतिलिपि ।
४. पेन्सन
लिनेहरुको हकमा पेन्सन पट्टाका प्रतिलिपि ।
५. चालु आर्थिक
वर्षसम्मको नगरपालिकालाई तिर्नु पर्ने
सम्पूर्ण कर
र शुल्क तिरेको प्रमाण ।
ठ) उद्योग
स्थापना सिफारिसः
उद्योग
स्थापना सिफारिशका लागि निवेदकले देहाय
बमोजिमका कागजागहरु पेश
गर्नुपर्नेछ ।
१. घरेलु तथा
साना उद्योग कार्यालयको पत्र ।
२. चार
किल्लाका संधियारहरुको लिखित सहमति र सम्वन्धित
वडाध्यक्षको
र्सजमीन मुचुल्का सहितको सिफारिश ।
३. सम्वन्धित
व्यक्तिको नागरिकताको प्रमाण-पत्र ।
४. उद्योग
स्थापना गर्ने स्थानको जग्गाधनि पुर्जा र घर भएमा
नक्शा पास
प्रमाण पत्र ।
५. चालु आर्थिक
वर्षसम्मको नगरपालिकालाई तिर्नुपर्ने
सम्पूर्ण कर
र शुल्क तिरेको प्रमाण ।
६. अर्काको घर
जग्गा भए सो भाढामा लिएको शर्तनामाको
लिखत ।
ड)
योजनाको पेश्की फछयौंटः
योजनाको पेश्की फछयौंट गर्दा देहाय
बमोजिमका
कागजागहरु पेश गर्नुपर्नेछ ।
१. इष्टिमेट
परिधि भित्र रही भएको निर्माण कार्यको विल
भौचरहरु ।
२. निर्माण
सम्पन्न भएको वडा समितिको राय पत्र ।
३. सम्झौता
बमोजिम उपभोक्ता समितिले बयहोर्नु पर्ने
रकम वा जनश्रमदानको
स्पष्ट फेहरिस्त ।
ढ) उद्यम
समुह दर्तारसिफारिशः
नगरपालिका क्षेत्रभित्र समूहगत वा
एकल रुपमा लघु उद्यम
व्यवसायहरु संचालन गर्न दर्ता वा
सिफारिशका लागि निम्न
बमोजिम कागजागहरु पेश गर्नूपर्नेछ ।
१. सम्बन्धित
टोल र लेन संगठनको सिफारिश पत्र (सक्कल)
२. सम्बन्धित
वडा कार्यालयको सिफारिश पत्र (सक्कल)
ण) टोल र लेन
संगठन दर्ताः
नगर क्षेत्रका
समुदायहरुले गठन गरेका टोल र लेन
संगठनहरु दर्ता गर्दा
निम्न कागजातहरु पेश गर्नु पर्नेछ ।
१. सम्बन्धित
वडा कार्यालयको सिफारिश ।
२. टोल संगठनको
विधान र नियमावली ।
त) गाउँ-नगर
साझेदारी विकास कार्यक्रम मार्फ
सहयोग लिई उद्यम संचालन गर्न आवश्यक
पर्ने कागजातहरुः
१. उद्यम समूह
गठनको निर्णय।
२. उद्यम
समूहको निवेदन ।
३. व्यवसायको
योजना ।
४. व्यक्तिगत
विवरण ।
५. टोल संगठनको
सिफारिश ।
६. नगरपालिकामा
व्यवसाय दर्ता भएको प्रमाण-पत्र र सिफारिश ।
७.
व्यवसायीहरुको नागरिकताको प्रतिलिपि ।
८.
व्यवसायीहरुको पासपोर्ट साइजको १ र १ प्रति फोटो ।
द्रष्टब्यः उद्यमीहरु टोल
संगठनको नियमित वचतको
सक्रिय सदस्य हुनु पर्नेछ ।
थ) अन्य
नगरपालिकालाई बुझाउनु पर्ने कर र
राजश्व आदि
कार्यालय समय अवधिभित्र बुझाउन सकिनेछ
। निवेदनहरु
साधारणत दिनको ......... बजे (शुक्रवार
.......... बजेभित्र)
दर्ता भएमा सोको कार्यवाही सोही
दिनदेखि अगाडि बढाइने
छ ।
|