विभिन्न बैठकमा भएको महत्वपूर्ण निर्णयहरु

निर्णय नं.

.. २०६३।६४ मा स्वीकृत भएका र न.पा. बोर्ड बैठकबाट स्वीकृत भई सम्पन्न भएका, कार्य सम्पन्न भई पेश्की फछर्यौट भएका सम्पुर्ण आयोजनाहरु प्राबिधिक रुपमा गुणस्तरीय रहेको भनी न.पा. योजना शाखाबाट प्रतिबेदन पेश हुन आएकोले प्राबिधिक प्रतिबेदनका आधारमा जाँच पास तथा फरफारक गर्ने निर्णय गरियो ।

निर्णय नं.  

नगरपालिकाका कर्मचारीहरुको २/१ को अनुपातमा सावधिक जीवन विमा गर्नको लागि

यसै आ.. देखि व्यवस्था मिलाउने निर्णय गरियो ।

निर्णय नं.  

पुर्व, आन्तरीक लेखापरिक्षण नमुना निर्देशिका २०५८ नेपाल सरकारबाट स्वीकृत मिति २०५८।९।१८

अनुसार नगरपरिषद्बाबाट स्वीकृत गर्ने निर्णय गरियो ।

 

निर्णय नं.  

तानसेन नगरपालिका भित्रको वेवारिसे लास सद् गद् गर्न स्थान अभावको कारणबाट राम्दी

घाटमा लैजाने निर्णय भए अनुरुप सद् गद् गर्ने सरसफाईका कर्मचारीहरुलाई एक पटकमा

एकमुष्ठ रु. १०००।०० पारिश्रमिक दिने र एक भन्दा बढी लास सद् गद् गर्नु परेमा थप

लासको रु. ५००।०० का दरले पारिश्रमिक दिने निर्णय गरियो ।

 

निर्णय नं.

विज्ञापन करः

       स्थानीय स्वायत्त शासन ऐनको दफा ज्ञद्धघ अनुसार देहाय बमोजिम विज्ञापन कर

लगाउने निर्णय गरियो ।

. श्रीनगर पिकनिक स्थलमा प्रति स्क्वायर फिट रु. ५०।०० विज्ञापन कर लगाउने ।

. व्यवसायिक व्यानर प्रति हप्ता रु. १००।००

. व्यवसायिक प्रचार प्रसार गाडीबाट माईकिङ्ग प्रति दिन रु. २००।००

. मदिरा तथा सुर्तिजन्य पदार्थको विज्ञापनलाई स्वीकृति दिईने छैन र कार्यालयबाट व्यानर

  हटाउनु परेमा थप रु. ५०।०० शुल्क लिने ।

 

निर्णय नं.

जनप्रतिनिधिहरु नभएको वर्तमान अवस्थामा तानसेन नगरपालिकाबाट गरिने विकास निर्माण,

भौतिक पुर्वाधार लगायत चेतनामूलक कार्यक्रम गर्दा टोल विकास संस्थाहरुसझ्ग समन्वय गरी

कार्यक्रम संचालन गर्ने ।

 

 

निर्णय नं.

 

ता..पा. घ स्थित टुँडिखेल गेटमा रहेको शहीद पार्कको प्रभावकारी रुपमा उपयोग गर्न

सम्बन्धित विषय विशेषज्ञ सँग छलफल गरी पहल गर्ने ।

 

निर्णय नं. १०

 

चन्द्र मे८किल हल अगाडिको खालीठाउँमा भवन बनाई यस न.पा.को आन्तरिक स्रोत बृद्धि

गर्ने कार्यमा उपयोग गर्ने ।

 

निर्णय नं. ११

 

प्रभावकारी व्यवस्थापन नभएका नगरपालिका भित्रका शौचालयहरु निजी क्षेत्रसँग मिली व्यवस्थित गर्न पहल गर्ने ।

 

निर्णय नं. १२

 

ता..पा. २ स्थित नारायणस्थानको पोखरी स्वच्छ, सफा र व्यवस्थित गर्न gtz/udle मा अनुरोध गर्ने ।

 

निर्णय नं. १३

 

नेपाल पत्रकार महासंघ, पाल्पा शाखाको भवन लागत सहभागिता कार्यक्रम अन्तरगत जगेडा कोष तर्फ जिल्ला स्तरीय कार्यक्रममा समावेश गर्ने ।

 

निर्णय नं. १४

 

ता..पा. वडा नं. १२ वनदेवी स्थित नयाँ बसपार्क निर्माणको लागि उच्च प्राथमिकता दिई जगेडा कोष, नगर विकास कोष लगायतका नगरस्तरीय कार्यक्रममा समावेश गरी अविलम्व बसपार्क निर्माण गर्ने निर्णय गरियो ।

 

 

निर्णय नं. १५

 

प्रचलित आर्थिक ऐन नियम अनुसार सरकारी कामको सिलसिलामा जिल्ला बाहिर भ्रमण गर्दा मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता नभएको होटलमा बास बसेता पनि भ्रमण कर्तालाई तोकिए बमोजिमको बास खर्च उपलब्ध गराउने निर्णय गरियो ।








DAV Computer Institute, Palpa